आइएमई लाइफबाट यस वर्ष टिम र व्यक्तिगततर्फ क–कस्ले गरे सर्वाधिक कारोबार ?

२१ श्रावण २०८३, बिहीबार ११:१०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा उत्कृष्ट टपमा व्यक्तिगत र टिम कोडमा कडा मिहेनतका साथ अघि बढेका अभिकर्ताहरुलाई कम्पनीले सम्मान गरेको छ।

कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै लक्ष्मी घिमिरे र प्रानजना श्रेष्ठ व्यक्तिगत कोडमार्फत सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ता बन्न सफल भएका छन् ।

आर्थिक वर्ष २०८१।०८२ मा अभिकर्ताहरूले करोडौंको बीमा व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् । कम्पनीले करोड कल्बमा भएका अभिकर्तारुलाई भव्य सम्मान गर्दै आईरहेको छ।

त्यस्तै, टिम बिजनेसतर्फबाट नगेन्द्र श्रेष्ठ र ,नव उपाध्यायले टिम मार्फत सर्वाधिक व्यवसाय भित्र्याउन सफल भएको छ । टिम बिजनेसतर्फबाट नगेन्द्र श्रेष्ठले आठ करोडमाथिको व्यवसाय गर्न सफल भएका छन् भने व्यक्तिगत तर्फ लक्ष्मी घिमिरेले करोडमाथिको कारोबार गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*