पूर्ण बहादुर खड्का बने एलआईसी नेपालका उत्कृष्ट, यी हुन टप १० बीमा अभिकर्ता

२२ श्रावण २०८३, शुक्रबार १७:४९

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल) मा गत आर्थिक वर्षमा १० उत्कृष्ट व्यवसाय गर्न सफल भएका अभिकर्ताहरु घोषित गरेका छन् ।

अभिकर्ताहरुले हजारौं नागरिकहरुको बीमा गराई कम्पनीको व्यवसायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।

कम्पनीमा देशैभरीबाट सहभागिहरुलाई उछिन्दै काठमाडौं निवासी पूर्ण बहादुर खड्का, हेटौडाका राम कुमार अधिकारी र नवलपरासीकी प्रभा ज्ञवाली सर्बोत्कृष्ट अभिकर्ता बन्न सफल भएका छन् । आर्थिक वर्ष २०८२।०८३मा अभिकर्ताहरूले करोडौंको बीमा व्यवसाय गरी ऐतिहासिक टप १० को विजेता हासिल गर्न सफल भएका हुन् ।

एलआइसी नेपालको काठमाडौं शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएका पूर्ण बहादुर खड्काले व्यक्तिगत कोडमा १० करोडको कारोबार गर्न सफल भएका छन् । उनले गत आर्थिक वर्षको असार मसान्तसम्ममा गत बर्षको तुलनामा १२ प्रतिशतले विजनेस ग्रोथ गर्न सफल भएका छन् ।

हजारौं अभिकर्तामध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका हेटौडा शाखा कार्यालयका राम कुमार अधिकारी निकै सक्रिय र क्षमतावान अभिकर्ताको रुपमा परिचित रहेका छन् । अधिकारीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा व्यक्तिगत कोडबाट ४ करोड ५० लाखको बीमा व्यवसाय गर्न सफल भएका छन् । गत बर्षको तुलनामा उनको बीमा व्यवसाय भने २७ प्रतिशतले घटेको छ।

त्यस्तै, एलआइसी नेपालको नवलपरासी शाखा कार्यालयमा आवद्ध रहेकी अभिकर्ता प्रभा ज्ञवालीले आफ्नो व्यक्तिगत कोडबाट ३ करोड ५७ करोडको बीमा व्यवसाय गर्न सफल भएकी छिन् । उनले गत बर्षको तुलनामा ५ प्रतिशतले बीमा व्यवसाय वृद्धि गर्न सफल भएकि छिन् ।

त्यस्तै, चौथौमा जय प्रकाश सिंह भएका छन् । उनले गत बर्षमा२ करोड ८२ लाखको बीमा व्यवसाय, देव बहादुर महराले २ करोड ९ लाख रुपैयाँ, विष्णु बहादुर बुढाथोकीले २ करोड २ लाख रुपैयाँ, पुजा यादवले २ करोड २ लाख रुपैयाँ, ओम प्रकाश मण्डलले १ करोड ९२ लाख रुपैयाँ, सुमीत्रा रोम्मी पोखरेलले १ करोड ६३ लाख रुपैयाँ स्नोहा लकेथियाले १ करोड ६० लाखको प्रथम बीमाशुल्क आर्जन भित्र्याएर टप १० मा पर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*