सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । साउन २२ गते शुक्रबारदेखि शुरु भएको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स विभिन्न कार्यक्रम साउन २४ गते सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८२/८३ को समिक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सुरु भएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले कम्पनीको आर्थिक वर्ष २०८२/८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्ष भन्दा राम्रो बृद्धिदर भएकाले सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमित लगायतलाई धन्यवाद व्यक्त गरे । आगामी आर्थिक वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै ढुक्कले अघि बढ्न हौसला समेत प्रदान गरेका थिए ।
कार्यक्रममा कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु, सेल्स एक्जुकेटिभ गरी देशैभरीबाट उपस्थिति रहेको थियो ।











