नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

२५ श्रावण २०८३, सोमबार ११:५७

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले इच्छुक, योग्य नेपालीबाट आवेदन आह्वान गरेको हो ।

कम्पनीले चिफ मार्केटिङ अफिसर १ जना, चिफ फाइनान्स अफिसर १ जना, प्रदेश प्रमुख (मार्केटिङ) ५ जना, मार्केटिङ स्टाफ (सहयोगीदेखि अधिकृत तहसम्म) केही संख्यामा र असिस्टेन्ट आईटी डिपार्टमेन्टमा १ जनाका लागि आवेदन खुलाएको हो ।

उक्त पदहरूका लागि तोकिएको योग्यता पूरा भएको व्यक्तिले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र कम्पनीको इमेल ठेगाना मार्फत आवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*