सन नेपाल लाइफद्वारा गण्डकी र नारायणी क्षेत्रका उत्कृष्ट अभिकर्ता सम्मानित

२९ श्रावण २०८३, शुक्रबार १३:२०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्तालाई भव्य कार्यक्रमका बीच सम्मान गरेको छ।

पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख मार्केटिङ अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख ईश्वर विकल सापकोटाले एडीएम तथा अभिकर्ताको क्षमता, सक्रियता र व्यावसायिक विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।

प्रमुख कार्यकारी अधिकृत अर्यालले अभिकर्ता कम्पनीको व्यवसाय विस्तारको मुख्य आधार भएको उल्लेख गर्दै उनीहरूको वृद्धि, विकास, प्रोत्साहन र सम्मानका कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख मार्केटिङ अधिकृत चौलागाईंले अभिकर्ता तथा एडीएमले पाउने सेवा–सुविधा, एडीएमको भूमिका तथा आर्थिक वर्ष २०८३/८४ को बिक्री नीतिका विषयमा जानकारी गराए। उनले नयाँ बिक्री नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा सक्रिय हुन अभिकर्तालाई आग्रह गरे।

कार्यक्रममा योग्य एडीएम तथा सन इमर्जिङ क्लबका अभिकर्तालाई सम्मान तथा प्रोत्साहन गरिएको थियो। सम्मानले अभिकर्तामा थप उत्साह र ऊर्जा थपिएको सहभागीहरूले बताएका छन्। सन नेपाल लाइफले देशभर करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*