जीवन बीमाको दाबी भुक्तानीमा उछाल: एक वर्षमै बाँडियो ८६ अर्ब, कुनले कति ?

५ भाद्र २०८३, शुक्रबार १२:३२

काठमाडौँ । जीवन बीमा कम्पनीहरूले एक वर्षमा ८६ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले कुल ८६ अर्ब ३० करोड ८५ लाख २३ हजार रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९.६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले कुल ७८ अर्ब ७२ करोड ६ लाख ७९ हजार रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

समीक्षा अवधिमा ५ जीवन बीमा कम्पनीको दाबी भुक्तानी घटेको छ भने ९ कम्पनीको बढेको छ । दाबी भुक्तानी रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ अर्ब ५७ करोड ९२ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको दाबी भुक्तानी १९ अर्ब १९ करोड ६४ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब ७ करोड १२ लाख ६९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीको दाबी भुक्तानी २६.१५ प्रतिशतले बढेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १३ अर्ब ६ करोड ३६ लाख ५४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको १२ अर्ब ५९ करोड २ लाख ३६ हजार रुपैयाँको तुलनामा कम्पनीको दाबी भुक्तानी ३.७६ प्रतिशतले बढेको हो ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ९५ करोड ९ लाख ५१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ६ अर्ब ५६ करोड १९ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीको रकम २१.१७ प्रतिशतले बढेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सले ७ अर्ब ९१ करोड ९४ लाख, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ८४ करोड २५ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ४३ लाख, मेट लाइफ इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ७१ लाख, सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब ९३ करोड ९७ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ५७ करोड ५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ४८ करोड ९ लाख ८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

यता,  सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ४८ करोड ८५ लाख ४७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५७ करोड ३३ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको दाबी भुक्तानी ५ दशमलव ३९ प्रतिशतले घटेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ४६ करोड ५९ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ५ करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*