अर्थमन्त्रीलाई प्रश्न, ‘नोटबन्दी किन नगर्ने ?’ जवाफ, ‘सोचेका छैनौँ’

५ भाद्र २०८३, शुक्रबार १३:०९

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्वु संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएक हुन् ।

छलफलमा सहभागी नागरिकहरूले नोटबन्दी किन नगर्ने ? भनी प्रश्न गरेपछि उहाँले सरकारको धारणा स्पष्ट पारे ।। ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने ।

यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*