प्रभु महालक्ष्मी लाइफको चियरम्यान र सिईओ क्लव एचिभर्स अवार्ड सम्पन्न

७ भाद्र २०८३, आईतवार १५:५०

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको उच्च तह चियरम्यान क्लव तथा सिईओ क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकीय सहर पोखरामा भदौ ४ देखि ७ गतेसम्म ४ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले गरेका थिए । कार्यक्रमलाई सम्बोधनका क्रममा सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले अभिकर्ता पेशालाई मर्यादित, सम्मानित पेशाका रुपमा अंगालेर उत्कृष्ट व्यवसाय गरी अवार्डेड भएका सबै अभिकर्ताहरुलाई कम्पनीले गरेको सम्मानले अझ हौसला प्रदान गर्ने र आगामी दिनमा पनि कम्पनीका तर्फबाट उच्च मनोबलका साथ व्यवसाय गर्न साथ, सहयोग रहने प्रतिवद्धता व्यक्त ग गरिन् ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले लगनशिलता, निरन्तरताले प्राप्त सफलता नै साँचो सफलता हो, तपाईहरुको सफलतालाई उत्सवका रुपमा सम्मान गर्न पाउनु कम्पनीका लागि गर्वको विषय रहेको बताए । टिम वर्कले नै सफलता सम्भव हुने हुनाले यसमा काम गरी अगाडी बढ्दा आगामी वर्ष अझ ठूला सफलता हात पर्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथ ट्रेनिङ सेसनले अभिकर्ताहरुको व्यवसायीक क्षमता बृद्धि गर्न उर्जा प्रदान गरेको थियो । कम्पनीका संचालक समिति सदस्य, व्यवस्थापक, अभिकर्ताहरु गरी देशैभरीबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष २०८२/८३ उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई कम्पनीको उच्च तह चियरम्यान क्लव, तथा दोस्रो उच्च तह सिईओ क्लव अवार्डबाट भब्य रुपमा विशेष सम्मान गरेको थियो ।

कार्यक्रममा नेपाली चलचित्रका प्रसिद्ध अभिनेता, मोडल तथा निर्माता प्रदिप खड्काको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष समय लिएर अभिनेता प्रदिप खड्काले आफ्नो संघर्ष र सफलताका वास्तविक जीवन कहानीलाई रोचर एवं प्रेरणादायी रुपमा प्रस्तुत गरेका थिए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*