लाभांश वितरणका लागि प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय
१६ भाद्र २०८३, मंगलवार ०९:५२

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले लाभांश वितरण गर्नका लागि बुक क्लोजको मिति तय गरेका छन् ।
दुवै फण्डहरुले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका छन्। बुक क्लोजका आधारमा भदौ २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन् । प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड दुवैले करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् ।









