नेपाल बीमा प्राधिकरणद्वारा प्रधानमन्त्री बिपद कोषमा १० करोड हस्तान्तरण
१६ भाद्र २०८३, मंगलवार १०:१२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवा, नुवाकोट क्षेत्रमा आएको बिनाशकारी बाढीबाट प्रभावित जनताको राहत स्वरुप प्रधानमन्त्री विपद कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेपाल बीमा प्राधिकरणले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । विपदमा परेका जनताको उद्धार, राहत तथा पुननिर्माणमा योगदान पुर्याउने उद्देश्यले सो रकम हस्तान्तरण गरिएको प्राधिकरणले जनाएको छ ।
बीमा क्षेत्रबाट प्रधानमन्त्री विपद कोषमा रकम जम्मा गर्ने क्रम बढिरहेकोछ । नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, मेट लाइफ, प्रभु महालक्ष्मी लाइफ लगायतले रकम जम्मा गरिसकेका छन् ।









