स्वदेशमै कमाउँदै रमाएका अर्जुन दोङको आत्मदाहमा देश खरानी भो कि युवाको सपना ?

६ आश्विन २०८३, मंगलवार ११:२२

समाचार टिप्पणी
सोमबार नियम रुटमा सार्वजनिक यातायात चलाइरहेका ऋद्धिसिद्ध बसका चालक अर्जुन दोङले राज्यद्वारा सिर्जित अपराधको सिकार बनेर आत्मदाह गरी प्राण त्याग्न बाध्य भए । सोमबारको घटना पहिलो थिएन । जनताबाट दुई तिहाई बहुमत प्राप्त, नयाँ, बृद्धाहरुलाई पन्छाएर युवाको सरकार बनाएको पाँच महिनाभित्रैमा राज्यद्वारा सिर्जित घट्नाहरुमा थुप्रैले प्राण त्याग गरि सकेका छन् ।

काभ्रेमा जन्मिएर मकवानपुरको सिस्नेरीमा हुर्किएका कुमार दोङ पछिल्लो समय थानकोटतिर गाडी चलाउँदै ऋिद्धिसिद्धि बस चलाउँदै आएका थिए । सोमबार यात्रु लिएर त्रिपुरेश्वर पुग्दा कालिमाटीतर्फ जाने लेन सधैं खुला हुनुपर्नेमा मोटरसाइलकहरुले जाम गरेको देखेपछि हर्न बजाए । त्यही हर्न नै उनको काल बन्न पुग्यो ।

हर्न बनाएको आरोपमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले बस रोके र कागजात मागे । उनले आफूले गल्ती नगरेको र लेन मिचेर बसेकाहरुलाई हर्न बजाएको भन्दै प्रष्टिकरण दिइरहे । दिनभर बस चलाएर मुश्किलले एक हजार रुपैयाँ कमाउने दोङलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय (दोस्रो पटक भएमा तीन हजार रुपैयाँ पनि हुनसक्ने) जरिवना काट्न खोजेका थिए । तर, त्यही बीचमा उनले आन्दोलन नै गरे । गाडी नै बीच सडकमा तेस्र्याएर जाम गरिदिए । अनि सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगाएर गाडी हटाइयो । सबै यात्रुहरु खाली गरेर हिडेपछि उनको एक दिनको मात्रै नभई महिनाभरिको कमाई एकै छिनमा गयो ।

राज्य आतंकको सिकार बनेका अर्जुन दोङको कागजात पनि कैफियत थियो वा थिएन भन्ने सम्बन्धमा अनुसन्धान जारी छ । ट्राफिक प्रहरीले सडकमा जाम गरी अबरोध गरेको भन्दै बग्गी खानामा उपस्थित हुन उर्दी जारी भयो । ऋिद्धिसिद्धि यातायातका अध्यक्ष लव केसीलाई ट्राफिक प्रहरी कार्यालयबाट चालकलाई उपस्थित गराउन भनियो । लगत्तै अध्यक्षले चालकले आफ्नो गल्ती छैन भनेको र मरिदिन्छु भनेर भनेको, ट्राफिक प्रहरीले हुर्मत लिएको, दुव्यर्वहार गरेकोले आफू नबाच्ने भन्दै अडान लिइरहे । यता, बग्गी खानाले पनि चाकललाई उपस्थित हुन उर्दी जारी गरिरह्यो ।

अन्ततमा अपरान्ह १२ः३० बजे चालक अर्जुन दोङले बसभित्रै प्रज्वलशिल पदार्थमा आगो लगाएर आत्मदाह गर्न आगो लगाए । ९० प्रतिशत जलेको अवस्थामा उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा हिजै राति उनको निधन भइसकेको छ ।

उनको साथमा सुरुमा दावा तामाङको कागजात फेला परेको भएपनि उक्त कागजात कसरी भेटियो भन्ने तथ्य खुल्न बाँकी छ । बीमापोष्टलाई प्राप्त सूचना अनुसार अर्जुन दोङ काठमाडौं आउनु अघि मकवानपुरको सिस्नेरीमा गाडी सह चालकको रुपमा काम गरेका थिए । उनी राम्रोसँग बस चलाउँथे र इमान्दार थिए । पछि उनी दावा तामाङसँग एउटै कोठामा समेत बसेको पत्ता लागेको छ । थप विवरण प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सवारी व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको भूमिकामाथि गम्भिर प्रश्न चिन्ह उठेको छ । पछिल्लो समय त्रिपुरेश्वर, नयाँ बानेश्वरमा एक युवालाई सडकमै बाटो काट्ने क्रममा लिइएको हुर्मत समेतका आधारमा नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरीको नेतृत्व र निजको निर्देशनमाथि प्रश्न उठेको छ । अहिले ट्राफिक प्रहरी प्रमुखमा प्रहरी बरिष्ठ उपरिक्षक सुरेश प्रसाद काफ्ले छन् । उनले विगतमा काठमाडौं महानगरपालिकामा राजु पाण्डेले चलाए झै ट्राफिक प्रहरीले मानवीयता विहिन, निर्मम, क्रूर बनाएको समेत आरोप लाग्न सक्ने देखिएको छ ।

अर्जुन दोङ, प्रेम प्रसाद आचार्य, गणेश नेपालीहरुले आत्मदाहको कथा एउटै छ । स्वदेशमै केही गरौं । तर, केही गरौं भन्नेहरुलाई बाँच्न नदिएपछिको परिणाम हुन यी घटनाहरु । प्रश्न उठेको छ, अर्जुन दोङको शरिर जलेर आकाशमा धुवा बनेर उड्दा उनी मात्रै जले कि उनीजस्तै हजारौं युवाहरुको सपना ? अर्जुन दोङको शरिरबाट निस्केको विद्रोहको झिल्कोले कतै देशै त जलेर खरानी भएन ? यसमा नैतिक जिम्मेवार को ? ट्राफिक प्रहरी, गृहमन्त्री, बालेन्द्र शाह, अथवा रास्वपाका सभापति रवि लामिछाने वा मतदान गर्ने नेपाली जनता । कि फेरि पनि उही अर्जुन दोङ !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*