छोरीको जन्मदिनमा आइएमई लाइफको २५ लाखको जीवन बीमा उपहार

काठमाडौँ । छोरीको जन्मदिनलाई केवल उत्सवका रूपमा मात्र नभई उनको सुरक्षित र सुनिश्चित भविष्य निर्माण गर्ने अवसरका रूपमा मनाउँदै निशा तामाङले आफ्नी छोरी नित्या तामाङलाई २५ लाखको जीवन बीमा उपहार दिएकी छिन् ।
छोरीको जन्मदिनमा अन्य उपहार तथा अनावश्यक खर्च गर्नुभन्दा सानै उमेरदेखि बचत गर्ने र भविष्यमा आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले जीवन बीमा गरिदिने निर्णय गरेको निशा तामाङले बताइन् । सोही उद्देश्यअनुसार उनले आइएमई लाइफ मार्फत छोरी नित्याको २५ लाखको जीवन बीमा गराकी हुन् ।
छोरीको जन्मदिनको अवसरमा गरिएको यो बीमा केवल तत्कालको उपहार नभई छोरीको भविष्यका लागि दीर्घकालीन आर्थिक योजनाको सुरुवात भएको परिवारको भनाइ छ। अभिभावकले आफ्ना सन्तानको जन्मदिन, विशेष अवसर वा महत्वपूर्ण दिनलाई सम्झनलायक बनाउन जीवन बीमाजस्तो दीर्घकालीन वित्तीय योजनालाई प्राथमिकता दिन थालेको यो उदाहरणले देखाउँछ।
सामान्यतया जन्मदिनमा केक काट्ने, नयाँ कपडा तथा विभिन्न सामग्री उपहार दिने चलन रहे पनि निशा तामाङले भने छोरीको भविष्यलाई केन्द्रमा राख्दै फरक र दीर्घकालीन उपहार राजेकी हुन् । आज गरिएको सानो योजना भोलि छोरीको शिक्षा, भविष्य तथा आर्थिक आवश्यकतामा सहयोगी बन्न सक्ने विश्वासका साथ जीवन बीमा गरिएको उनले बताइन् ।
छोरी नित्या तामाङको जन्मदिनमा गरिएको २५ लाखको जीवन बीमाले परिवारमा आर्थिक सुरक्षा र भविष्यप्रतिको योजनाबद्ध सोचलाई समेत जोड दिएको छ। बालबालिकाको भविष्यका लागि अभिभावकले समयमै वित्तीय योजना बनाउन सके भविष्यमा आइपर्न सक्ने आर्थिक चुनौती व्यवस्थापन गर्न सहज हुने अपेक्षा गर्न सकिन्छ।
“जन्मदिनमा क्षणिक खुसी मात्र होइन, छोरीको भविष्यका लागि दीर्घकालीन सुरक्षा उपहार दिने प्रयास गरेका हौँ,” भन्ने भावनासहित निशा तामाङले छोरीको जन्मदिनलाई विशेष बनाउँदै जीवन बीमा गराएकी हुन् ।











