बीमा बजारमा आफ्नो दायरा फराकिलो बनाउँदै सन नेपाल लाइफ नवौं वर्षमा प्रवेश

काठमाडौँ । सन् २०१७ मा जीवन बीमा व्यवसाय सञ्चालनको इजाजतपत्र प्राप्त गरी औपचारिक रूपमा जीवन बीमा क्षेत्रमा प्रवेश गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ। कम्पनी ऐन, २०६३ अन्तर्गत सन् २००७ अक्टोबर १६ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको सन नेपाल लाइफले बीमा क्षेत्रमा प्रवेश गरेयता ग्राहकको आवश्यकता, बदलिँदो जीवनशैली र आर्थिक अवस्थालाई केन्द्रमा राख्दै आफ्नो सेवा तथा व्यवसाय विस्तार गर्दै आएको छ।
नेपालमा तीव्र गतिमा विस्तार भइरहेको जीवन बीमा कम्पनीका रूपमा सन नेपाल लाइफले जीवन बीमा, बचत, बालबालिकाको शिक्षा तथा सामूहिक बीमालगायत विभिन्न आवश्यकताअनुकूलका बीमा योजना उपलब्ध गराउँदै आएको छ। व्यक्ति तथा परिवारका आर्थिक लक्ष्य र भविष्यका आवश्यकतालाई ध्यानमा राखी सरल, लचिलो र ग्राहककेन्द्रित बीमा समाधान प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्ना उत्पादन तथा सेवाहरूलाई अघि बढाउँदै आएको हो।
हजारौं बीमितको विश्वास प्राप्त गरेको कम्पनीले देशभर ३४ हजारभन्दा बढी इजाजतपत्र प्राप्त व्यावसायिक अभिकर्ताको सशक्त सञ्जालमार्फत बीमा सेवाको पहुँच विस्तार गरिरहेको छ। बीमालाई सरल, सहज र पहुँचयोग्य बनाउँदै वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा व्यक्ति र परिवारलाई आफ्नो आर्थिक सुरक्षासम्बन्धी सूचित निर्णय लिन सक्षम बनाउने उद्देश्य कम्पनीले लिएको छ। नवीनता, विश्वास र व्यक्तिगत आवश्यकताअनुकूल सेवाप्रवाहलाई प्राथमिकतामा राख्दै कम्पनीले नेपालका व्यक्ति तथा परिवारलाई थप सुरक्षित र सबल भविष्य निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ।
कम्पनीले जीवनको बीमा मात्र नभई मानिसका सपना, आकांक्षा र भविष्यका महत्वपूर्ण उपलब्धिहरूलाई समेत सुरक्षित गर्ने उद्देश्य राखेको छ। व्यक्ति तथा परिवारका लागि रोजाइको बीमा कम्पनी बन्ने दृष्टिकोणसहित नवीन बीमा योजना, उत्कृष्ट ग्राहक सेवा र नैतिक व्यावसायिक अभ्यासलाई कम्पनीले आफ्नो कार्यशैलीको महत्वपूर्ण आधार बनाएको छ। वित्तीय सुरक्षा प्रदान गर्नुका साथै वित्तीय साक्षरता प्रवद्र्धनमार्फत व्यक्ति तथा परिवारलाई आफ्नो आर्थिक कल्याण र समाजको समग्र वित्तीय सुरक्षाका विषयमा सचेत बनाउने कम्पनीको मुख्य ध्येय रहेको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तत्कालीन बीमा समितिबाट सन् २०१७ अगस्ट २ मा जीवन बीमा व्यवसाय सञ्चालनको इजाजतपत्र प्राप्त गरेको थियो। त्यसयता कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकको आवश्यकता र बजारको बदलिँदो स्वरूपअनुसार सेवा तथा योजनालाई परिमार्जन र विस्तार गर्दै आएको छ।
कम्पनीको सञ्चालक समितिमा अनुभवी छ जना सदस्य रहेका छन्, जसको नेतृत्व अनुज केयालले गर्दै आएका छन्। केयाल विभिन्न भूमिकामा केयाल समूहसँग आबद्ध रहँदै आएका अनुभवी व्यवसायी हुन्। कम्पनीको समग्र सञ्चालनको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत राजकुमार आर्यालले सम्हाल्दै आएका छन्। बीमा क्षेत्रमा १७ वर्षभन्दा बढीको कार्यअनुभव रहेका आर्यालले यसअघि बीमा समितिमा समेत काम गरिसकेका छन्। कानुनमा स्नातकोत्तर गरेका आर्यालले बीमा समितिमा उपनिर्देशक तथा कानुनी विभाग प्रमुखका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए। उनको नेतृत्वमा कम्पनीका विभिन्न कार्यक्षेत्रमा अनुभवी कर्मचारीहरूको टोलीले सेवा सञ्चालन गर्दै आएको छ।
कम्पनीका प्रवर्द्धक समूहका अधिकांश शेयर केयाल समूह, के.सी. समूह तथा रुङ्टा समूहसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूको स्वामित्वमा रहेका छन्। अनुभवी नेतृत्व, व्यावसायिक जनशक्ति, देशव्यापी अभिकर्ता सञ्जाल र ग्राहकको निरन्तर विश्वासलाई आधार बनाउँदै कम्पनीले आगामी दिनमा जीवन बीमाको पहुँच थप विस्तार गर्ने लक्ष्य लिएको छ।
नवौं वार्षिकोत्सवको अवसरमा सन नेपाल लाइफले आफ्ना ग्राहक, अभिकर्ता, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीले आफ्नो यात्रामा निरन्तर प्राप्त हुँदै आएको विश्वास, सहयोग र सद्भावप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा सो विश्वास र भरोसालाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय, भरपर्दो र उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर समर्पित रहने जनाएको छ। ग्राहकको विश्वासलाई आफ्नो यात्राको मुख्य आधारका रूपमा लिँदै बीमाको पहुँच विस्तार, सेवा प्रवाहमा सुधार तथा व्यक्ति र परिवारको आर्थिक सुरक्षामा थप योगदान पुर्याउने दिशामा अघि बढ्ने कम्पनीको प्रतिबद्धता छ।











