काठमाडौंमा बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

२६ आश्विन २०८३, सोमबार १३:१३

काठमाडौं । बूढानीलकण्ठबाट बरामद गरिएको २१ किलो ७५०.६८ ग्राम सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ। सुन तस्करीको आरोपमा पक्राउ परेका तीन चिनियाँ नागरिकलाई समेत थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत २२ असोजमा बूढानीलकण्ठ नगरपालिका–माथिल्लो भंगालस्थित एक घरबाट उक्त सुन बरामद गरेको थियो। बरामद सुनको मूल्य त्यस दिनको बजार भाउअनुसार ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको थियो।

प्रहरीले घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको सुन फेला पारेको थियो। घटनामा संलग्न रहेको आरोपमा चीनको जियाङ्सु र ग्वाङडोङ क्षेत्रका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन पक्राउ परेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*