सोमबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२६ आश्विन २०८३, सोमबार १५:१४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अकंले बढेर २५९५.८१ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको १ करोड २७ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर एकैदिन प्रतिकित्ता १६४ रुपैयाँले बढेर एक हजार २५९ रुपैयाँ पुगेको हो । साथै, स्नो रिर्भसको १३.९२ प्रतिशत, बुङ्गल हाइड्रोको ४.७५ प्रतिशत, कामना सेवा विकास बैंकको डिबेञ्चर २०८७ को ४.११ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*