बेनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

२७ आश्विन २०८३, मंगलवार १३:२९

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनकिो १ करोड ४ लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

सूचीकृत शेयरमध्ये सर्वसाधारणतर्फ निष्कासन तथा बिक्री गरिएको २० लाख ८० हजार कित्ता अर्थात् २० प्रतिशत शेयर रहेको छ। कम्पनीका संस्थापक सेयरधनीले लगानी गरेको ८३ लाख २० हजार कित्ता अर्थात् ८० प्रतिशत सेयरसमेत नेप्सेमा सूचीकृत गरिएको छ।

नेप्सेले कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि ९१.२७ रुपैयाँदेखि २७३.८१ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

कम्पनीको सेयर दोस्रो बजारमा ‘BENH’ कारोबार संकेतबाट कारोबार हुनेछ। सूचीकरणसँगै बुधबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारका लागि आउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*