रसुवाको बाढीबाट प्रभावित ऋणीलाई ऋण तिर्न पुससम्मको समय
२७ आश्विन २०८३, मंगलवार १७:४७

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित ऋणीहरूले ऋणको किस्ता तिर्न थप समय पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै असोज मसान्तमा किस्ता भुक्तानी गर्नुपर्ने प्रभावित ऋणीलाई पुस मसान्तसम्मको समय थप गर्न सकिने व्यवस्था गरेको हो ।
मंगलबार जारी निर्देशनअनुसार ऋणीको वित्तीय अवस्था, आयात तथा निर्यातमा परेको असर र कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीलाई यस्तो सुविधा दिन सकिनेछ ।
राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले प्रभावित ऋणीको अवस्था मूल्यांकन गरी २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ताको समयावधि पुस मसान्तसम्म थप गर्न सक्ने व्यवस्था गरेको हो ।











