राष्ट्रपति पौडेलद्वारा वन र भूमि सम्बन्धी दुई अध्यादेश जारी
२७ आश्विन २०८३, मंगलवार १७:३७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मंगलबार दुवै अध्यादेश जारी गरेका हुन्।
वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।











