मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

२७ आश्विन २०८३, मंगलवार १५:१६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१२ अकंले बढेर २५९९.९३ बिन्दुमा कायम भएको छ । आज ३५१ कम्पनीको १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोडको शेयर कारोबार भएको हो ।

मंगलबार १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

यसदिन सगरमाथा जलविद्युतको शेयर मूल्य १२.४४ प्रतिशत, नेपाल लाइफ समृद्धि लगानी योजनाको ४.६२ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्ड २ को ४.५७ प्रतिशत, ओरियन्टल होटलको ३.७४ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*