यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

२९ आश्विन २०८३, बिहीबार १५:१६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५६ अकंले बढेर २६२५.८२ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

बेनी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयर एकैदिन ४१ रुपैयाँले बढेर ३१३ रुपैयाँ पुगेको हो ।

हिमालयन एभरेष्टको शेयर मूल्य ६.३५ प्रतिशत, लक्ष्मी उन्नती कोषको ६.२४ प्रतिशत र मञ्जुश्री फाइनान्सको ४.४४ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*