युनाइटेड अजोड इन्स्योरेन्स पोलियोमुक्त विश्व अभियानको साझेदार

२९ आश्विन २०८३, बिहीबार १६:५४

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले पोलियोमुक्त विश्व निर्माण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको मेगा पोलियो साइकल र्‍यालीका लागि आधिकारिक बीमा साझेदारका रूपमा सम्झौता गरेको छ।

कम्पनीले रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ र रोटरी क्लब अफ भक्तपुरसँग उक्त र्‍यालीका लागि समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गरेको हो। आगामी अक्टोबर २४, २०२६ मा विश्व पोलियो दिवसको अवसरमा साइकल र्‍याली आयोजना हुँदैछ।

कम्पनीका अनुसार यस सहकार्यले समुदायको कल्याण, जनस्वास्थ्यसम्बन्धी सचेतना र नेपालमा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अभियानलाई सहयोग पुर्‍याउनेछ।

पोलियो रोगबारे जनचेतना फैलाउँदै स्वस्थ र पोलियोमुक्त भविष्य निर्माण गर्ने उद्देश्यले आयोजना हुन लागेको यस अभियानमा सहकार्य गर्न पाउँदा कम्पनीले खुसी व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*