बाढीपहिरो प्रभावित गोरखा, धादिङ र बागलुङका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

३० आश्विन २०८३, शुक्रबार १४:३३

काठमाडौं । सरकारले बाढीपहिरोबाट अति प्रभावित गोरखा, धादिङ र बागलुङका केही स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी नदीमा आएको बाढी तथा असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण बाढीपहिरोबाट प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार गोरखा जिल्लाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यस्तै धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ तथा बागलुङ जिल्लाका गलकोट र ढोरपाटन नगरपालिकालाई पनि उक्त सूचीमा समेटिएको छ।

बाढीपहिरोबाट अति प्रभावित यी स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। यस निर्णयसँगै प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने बाटो खुलेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*