बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
१२ कार्तिक २०८३, बिहीबार १०:५३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ४३ हजार ५५ रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले घटेर प्रतितोला तीनहजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।











