घुसमा किनबेच हुन्छन् सर्वोच्चका न्यायाधीश, डिल छताछुल्लपछि पनि इजलासमा बसे न्यायाधीश फुयाल

काठमाडौं । विवादित बिचौलिया इनाम सापकोटासँगको संवादको डिल छताछुल्ला भइसक्दा पनि सर्वोच्च अदालतको न्यायाधीश हरि प्रसाद फुयाँल आज इजलासमा बस्दैछन् ।
सर्वोच्च अदालतले इजलास नं ३ मा अर्का न्यायाधीश बालकृष्ण ढकालसँगको संयुक्त इजलासमा बस्ने गरी बेन्च तोकिएको छ । न्यायाधीश फुयालले आज विभिन्न खालका १३ वटा मुद्दाहरु हेर्दैछन् ।

आज प्रकाशित नयाँ पत्रिकाले न्यायाधीश फुयाल र प्रधानन्यायाधीश मनोज शर्माको नाममा बिचौलिया इनाम सापकोटाले गरेको विभिन्न सम्पर्कहरुको स्क्रीनसट नै सार्वजनिक भएको छ । सार्वजनिक भएको प्रमाण अनुसार सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले रोहित गुप्ता नामका व्यापारीलाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गरेको जानकारी बिचौलिया इनाम सापकोटालाई दिएका छन् भने सोही दिन साँझ ७ होटल हिमालयमा भेट्न समेत बोलाएका छन् ।

नेपाल प्रहरीले पक्राउ गरेको बिचौलिया इनाम सापकोटाको मोबाइलमा भेटिएको न्यायाधीश र बिचौलिया बीचको संवादमा सो कुराको खुलासा भएको हो । यसबाट सर्वोच्च अदालतका न्यायाधीशहरु समेत घुसमा किनबेच हुने गरेको तथ्य स्थापित गरिदिएको छ ।











