आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

१३ कार्तिक २०८३, शुक्रबार १०:२९

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली भूमिगत गर्ने कामका लागि आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युत् वितरण लाइन भूमिगत गर्ने क्रममा बाफल फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा बत्ती काट्न लागिएको हो । उक्त क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

विद्युत् आपूर्ति बन्द हुने क्षेत्रमा कलङ्की रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मका स्थान रहेका छन् । प्राधिकरणले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति नियमित गरिने जनाएको छ ।

त्यस्तै, मौसम प्रतिकूल भएमा विद्युत् कटौतीको निर्धारित तालिका परिवर्तन वा रद्द हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*