गार्डियन माइक्रो लाइफले बोलायो विशेष साधारणसभा, पाँच सञ्चालक निर्वाचित गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सञ्चालक समिति निर्वाचनसहितका विभिन्न प्रस्ताव पारित गर्ने उद्देश्यले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३ गते बुधबार विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार सभा विराटनगरस्थित होटल एयरपोर्टमा दिउँसो १ बजे बस्नेछ । सभाले संस्थापक समूहका शेयरधनीको प्रतिनिधित्व गर्ने गरी चार जना र सर्वसाधारण शेयरधनीका तर्फबाट एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभामा विविध प्रस्तावमाथि समेत छलफल गरी आवश्यक निर्णय गरिने कम्पनीले जनाएको छ ।
विशेष साधारणसभामा सहभागी हुनका लागि कम्पनीले मंसिर २७ गते एक दिनका लागि शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने जनाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंसिर २० गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीले सभामा सहभागी भई मतदान गर्न पाउनेछन् ।
सभामा सहभागी हुने शेयरधनीले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्र लिएर उपस्थित हुनुपर्नेछ ।











