सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति?
१६ कार्तिक २०८३, सोमबार १०:५५

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला ७० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन सुनको भाउ ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा किनबेच भएको थियो भने चाँदीको भाउ १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।











