निर्जीवन बीमकले तीन महीनामा गरे १५ अर्ब ५४ करोडको व्यवसाय, कुन कम्पनीले कति?

१९ कार्तिक २०८३, बिहीबार १६:११

काठमाडौं । चालू आर्थिक वर्षको प्रथम त्रैमास अर्थात् साउनदेखि असोज मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरुले जम्मा ८ लाख ३६ हजार ७४ वटा बीमा पोलिसी जारी गरी उक्त व्यवसाय गरेका हुन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सलिकोले सर्वाधिक १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ, दोश्रोमा शिखर इन्स्योरेन्सले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ, तेश्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ र चौथोमा एनएलजी इन्स्योरेन्सले १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

त्यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्। यसरी सातवटा कम्पनीहरुले अर्बक्लबमा कुल बीमाशुल्क भित्र्याउन सफल भएका हुन्।

त्यसैगरी दि ओरियण्टल इन्स्योरेन्सले ९८ करोड २४ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ८२ करोड ४१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ७१ करोड ८३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५३ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*