छोरीको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

२० कार्तिक २०८३, शुक्रबार ११:५५

काठमाडौं । जन्मदिनमा फलुज खर्च गर्दै अनावश्यक र महंगा सरसामान तथा उपहार दिने चलन सामान्य छ तर पछिल्लो समय बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले जन्मदिन तथा अन्य विशेष अवसरमा जीवन बीमा पोलिसी उपहार दिने क्रम पनि बढ्दै गएको छ ।

यस्तै उदाहरण बनेकी छन् सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४, च्युराकी सान्ता बिष्ट । उनले आफ्नी छोरी रुचिता परियारको पाँचौँ जन्मदिनको अवसरमा पाँच लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा पोलिसी उपहार दिएकी छन् ।

बिष्टले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सल्लीबजार शाखाबाट जारी हुने ‘सिटिजन बाल भविष्य बीमा योजना’ खरिद गरी छोरीलाई उपहार दिएकी हुन् । छोरीको भविष्य आर्थिक रूपमा सुरक्षित बनाउने उद्देश्यले जन्मदिनमा यस्तो उपहार दिएको उनले बताइन् ।

कम्पनीका सल्लीबजार शाखा प्रमुख मोलाल साहु र अभिकर्ता महेन्द्र बुढाका अनुसार बाल भविष्य बीमा योजनामा बालबालिकाको बीमासँगै प्रस्तावकको जोखिमसमेत बहन हुने व्यवस्था छ । योजनामा विभिन्न ऐच्छिक सुविधासमेत उपलब्ध रहेको उनीहरूले जानकारी दिए ।

बीमा अवधि पूरा भएपछि बीमितले पाँच लाख रुपैयाँको बीमाङ्क रकमसँगै नियमानुसार प्राप्त हुने बोनस रकमसमेत पाउनेछन् । यसले बालबालिकाको भविष्यका लागि आर्थिक आधार तयार गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*