सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति?

२० कार्तिक २०८३, शुक्रबार १०:२९

काठमाडौं । आज कात्तिक २० गते शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोेला २ लाख ८८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी अघिल्लो दिन ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि आज घटेर प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*