नेप्सेका नवनियुक्त सीईओ सुवेदीले गरे पदभार ग्रहण

२० कार्तिक २०८३, शुक्रबार १२:३०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पदभार ग्रहण गरेका छन् ।

उनलाई गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिको सिफारिसपछि मन्त्रिपरिषद बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो । उनलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र दिंदै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

उनले आज नेप्सेको कार्यालयमा गएर आफ्नो पदभार ग्रहण गरेका हुन् । उनीसँग बैंक तथा वित्तीय क्षेत्रको तीन दशकभन्दा लामो अनुभव रहेको छ। यसअघि उनले कृषि विकास बैंकको मानव संसाधन तथा सेवा विभागका उपमहाप्रबन्धक तथा प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारीमा थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*