प्रभु महालक्ष्मी लाइफको झण्डै ४५ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत
२० कार्तिक २०८३, शुक्रबार १३:०६

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ४४ लाख ९३ हजार ८३३.३४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएका छन्।
कम्पनीका अनुसार उक्त शेयर परिवर्तन भएसँगै अब संस्थापक र सर्वसाधारण शेयरको अनुपात ७६.२०ः२३.८० कायम भएको छ।
यसअघि संस्थापक समूहमा रहेको उक्त शेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो। यसले कम्पनीको शेयर संरचनामा सर्वसाधारण समूहको हिस्सा बढाएको छ।











