सन नेपाल लाइफको पौने २५ करोड खुद नाफा,अन्य सूचक कस्तो?

२१ कार्तिक २०८३, शनिबार ०९:५७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा कम्पनीले २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

यो अघिल्लो आर्थिक वर्ष २०८२र८३ को सोही अवधिको तुलनामा २.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको असोजसम्म कम्पनीले २३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

हाल ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको जगेडा कोष र अन्य वित्तीय सूचकहरू मजबूत देखिएका छन्।

समीक्षा अवधिसम्म कम्पनीको  शेयर प्रिमियमः १ अर्ब ३० करोड १० लाख रुपैयाँ, महाविपत्ति कोषः २८ करोड ७२ लाख रुपैयाँ. रिटेन्ड अर्निङः ७७ करोड ७१ लाख रुपैयाँ छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ३.२१ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ९० करोड ३६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको कुल बीमाशुल्क आर्जन चालु वर्षको असोजसम्म कम्पनीले १ अर्ब २९ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ८ करोड ३४ लाख रुपैयाँ तुलनामा २० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, कम्पनीको कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १९।६७ प्रतिशतले बढेर १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको समीक्षा अवधिमा कम्पनीले १ अर्ब ४ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*