एलआईसी नेपालको जीवन बीमा कोष १ खर्ब ५१ अर्ब माथि, व्यवसाय कस्तो ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले पहिलो त्रैमाससम्ममा ९ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ,। यो गत आर्थिक वर्ष २०८२र८३ को सोही अवधिको तुलनामा १०।५२ प्रतिशतले घटी हो , गत वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।
कम्पनीको मुनाफा घटेसँगै त्यस्को प्रत्यक्ष प्रभाव प्रतिशेयर आम्दानीमा देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८८ पैसाबाट झरेर ७ रुपैयाँ ५० रुपैयाँ पौसामा सीमित भएको छ।
बीमाशुल्क आर्जन र जीवन बीमा कोष
नाफामा संकुचन आए पनि कम्पनीको व्यवसाय विस्तारको रफ्तार भने बलियो देखिएको छ। चालु वर्षको असोजसम्म कम्पनीले ५ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ९।६२ प्रतिशतको वृद्धि हो।
यस्तै, खुद बीमाशुल्क आर्जन पनि ९।५६ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको जीवन बीमा कोषको आकार १०।३१ प्रतिशतले बढेर १ खर्ब ५१ अर्ब ८ करोड २० लाख रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पुँजी र सञ्चित कोषहरू
हाल ५ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी रहेको एलआईसी नेपालको रिजर्भ तथा कोषहरू गत असार मसान्तको तुलनामा थप मजबुत बनेका छन्स्
रिटेन्ड अर्निङस: २ अर्ब ६५ करोड ६१ लाखबाट बढेर २ अर्ब ७४ करोड २४ लाख रुपैयाँ
महाविपत्ति कोष: ७७ करोड ३५ लाखबाट बढेर ७८ करोड ३२ लाख रुपैयाँ
अन्य इक्विटी: ३५ करोड ५० लाखबाट बढेर ३८ करोड ३० लाख रुपैयाँ
शेयर प्रिमियम: ४९ करोड ८० लाख रुपैयाँ
अन्य बजार सूचक
समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर नेटवर्थ १८०।१२ रुपैयाँ कायम भएको छ। वित्तीय विवरण सार्वजनिक हुँदाको बखत कम्पनीको मूल्य आम्दानी अनुपात ९पीई रेसियो० ११४।१३ गुणा रहेको छ।











