दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी
२२ कार्तिक २०८३, आईतवार ११:११

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा भीषण आगलागी भएको छ।
बिहान करिब ९ बजेदेखि शुरु भएको आगलागीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ। हाल दुइवटा दमकलले आगलागी नियन्त्रणमा लिने कोशिस गरिरहेका छन् ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ भने यसबाट भएको क्षति र आगलागीको कारण भने खुल्न बाँकी रहेको छ। उक्त बारमा हाल कोही पनि नभएको बताइएको छ।











