ललितपुरको युएन पार्कअगाडि रहेको रेस्टुरेन्टमा आगलागी
२८ कार्तिक २०८३, शनिबार १५:५९

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं। १० को कार्यालयसँगै रहेको एक भवनमा शनिबार दिउँसो आगलागी भएको छ । युएन पार्कको ठीक अगाडि रहेको उक्त भवनमा सेकुवालय नामको रेस्टुरेन्ट सञ्चालनमा थियो ।
आगलागीपछि दमकलको सहायतामा आगो निभाइएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।











