आइसीएफसी फाइनान्सको डीसीईओमा लक्ष्मणप्रसाद जैसी नियुक्त
२ मंसिर २०८३, बुधबार १२:००

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको मंसिर १ गते मंगलबार अपरान्ह ३ बजे बसेको ३८०औं बैठकले कम्पनीमा नायब महाप्रबन्धकको रूपमा कार्यरत जैसीलाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आजै मंसिर २ गतेदेखि लागू हुने गरी नायब नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा नियुक्त गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित श्रेष्ठले जानकारी दिएका छन् ।











