दानबहादुर कार्कीको रिटमा सर्वाेच्चले दिएन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारले आफूलाई गैरकानूनी ढंगले पदबाट हटाएको भन्दै पुनर्बहालीको माग सहित दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
दानबहादुर कार्कीले आफूलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न र आफूलाई पूर्ववत् रूपमा प्रहरी महानिरीक्षकको हैसियतमा कार्य गर्न दिन अल्पकालीन अन्तरिम आदेशको माग समेत गरेका थिए ।
सर्वाेच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाई गर्दै दानबहादुर कार्कीलाई हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ। साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा थप छलफल गर्न विपक्षीलाई झिकाउने आदेश पनि जारी गरेको छ।
कार्कीले आफूलाई हटाउने सरकारको निर्णय बदर गर्न र पूर्ववत् रुपमा प्रहरी महानिरीक्षकको हैसियतमा कार्य गर्न दिन माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् ।











