सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको मंसिर २ गते बुधबार बसेको सञ्चालक समितिको ५२औं बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।
संस्थाले २०८३ असार मसान्तसम्म कायम चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैयाँको आधारमा २ करोड ८० लाख ३४ हजार ३३३ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यो चुक्ता पुँजीको ४ प्रतिशत हो।
त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले १४ लाख ७५ हजार ४९१ रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। यससँगै संस्थाले प्रस्ताव गरेको कुल लाभांश ४.२१ प्रतिशत अर्थात् २ करोड ९५ लाख ९ हजार ८२५ रुपैयाँ ५ पैसा बराबर हुनेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीलाई वितरण गरिनेछ। सम्पदा लघुवित्त साबिक साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर बनेको हो।












