नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा दीप प्रकाश पाण्डे र सुनिल बल्लभ पन्त निर्वाचित

२२ पुष २०७८, बिहीबार १४:०७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज सम्पन्न भएको छैटौं बार्षिका साधारणसभाबाट दुई जना नयाँ सञ्चालक निर्वाचित गरेको छ । केहीबेर अघि सम्पन्न भएको साधारणसभाले शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई सिईओमा निर्वाचित गरेको हो ।

सञ्चालक समितिको निर्वाचनबाट सर्वसम्मत रुपमा दुई जना सञ्चालक चयन गरिएको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ । पाण्डे सो कम्पनीका निवर्तमान सञ्चालक समेत हुन् भने पन्त पहिलो पटक सञ्चालक बनेका हुन् ।

यसअघि नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पाण्डे र पन्तका अतिरिक्त सिद्धार्थ इन्स्योरेन्स कम्पनीका बीरेन्द्र वैदवार क्षेत्री, हेमन्त नाहाटा र उपासना पौडेलले उम्मेदवारी दिएका थिए । १० अर्ब चुक्ता पुँजि भएको नेपाल पुनर्बीमा कम्पनी नेपाल सरकारको समेत शेयर स्वामित्व भएको कम्पनी हो । नेपालमा सञ्चालित पुराना बीमा कम्पनीहरुले समेत नेपाल पुनर्बीमा कम्पनीको शेयर लगानी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*