सरकारले इजाजत नलिई अनलाईन बीमा गर्नेलाई कारबाही गर्ने, नागरिकलाई आफै सचेत रहन मन्त्रालयको आग्रह

२६ पुष २०७८, सोमबार १२:५८

काठमाडौं । सरकारले अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ ।

गृह मन्त्रालयले पछिल्लो समय इजाजत नै नलिई अनलाई वा विधुतीय कारोबारको नाममा नेटवकिङ विजनेनसको नाममा बिना इजाजत अनलाईन बीमा, अनलाईन बैंकिङ्, अनलाईन सहकारी, घुम्ती बैंकिङ् वा यस्तै प्रकृतिका अन्य नाममा व्यवसायिक क्रियाकलाप गैर कानुनी रुपमा फस्टाउदै गएको हुँदा इजजात पाप्त संस्था बाहेक अन्यले यस्तो गरेको पाईएमा कार्बाहि गर्ने भएको हो ।

गृह मन्त्रालयले विभिन्न स्वरूपका गैरकानूनी आर्थिक क्रियाकलापबाट ठगी र असुरक्षा बढेकाले यस्ता व्यवसाय गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक लाभ पुयाउने प्रलोभनमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानूनी कार्य फष्टाएको भन्दै मन्त्रालयले नागरिकलाई सचेत रहन समेत आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*