नाडेप लघुवित्तको शेयर मूल्य समायोजन

३ माघ २०७८, सोमबार १०:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले अघिल्लो दिन कायम १०३९ रुपैयाँका आधारमा २० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ८६५ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न माघ १४ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*