आइएमई लाइफको फिदिम शाखाद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफको लफिदिम शाखाले मृत्युदाबी रकम भुक्तानी गरेको छ। हिलिहाङ गाउपालिका (४ पाँचथर निवासी स्व। श्री प्रसाद शिगुको धर्मपत्नी भिमकला शिगुलाई २० लाख ५२ हजार रुपैयाँको चेक ताप्लेजुङरफिदिम शाखाका इन्चार्ज ङिमा शेर्पा, शाखा प्रमुख प्रसाद तुम्बापो र पुर्ब शाखा प्रमुख अनिता राईद्वारा संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।
स्व। शिगुले एजेन्सी मेनेजर सङ्गिता लिम्बु मार्फत १ वर्ष अगाडि २० लाख रुपैयाँ बिमाङ्कको बीमा गरेको र गत जेठ १३ गते कोरोनाको कारण उपचारको क्रममा झापाको बि एण्ड सी अस्पतालमा निधन भएको थियो।
हिलिहाङ गाउँपालिका(४, नम्बर वडाका अध्यक्ष समेत रहनुभएका स्व। शिगुको धर्मपत्नीले शुक्रबार सो रकमको ग्रहण गरकी हुन् । कम्पनीको सुरुङ्गा शाखा प्रमुख सुशील सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन शाखा प्रमुख श्री प्रसाद तुम्बापोले गरेका थिए ।
सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर लगायत अभिकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।













