नेप्सेमा सिभिल बैंकको शेयर मूल्य समायोजन

२४ माघ २०७७, शनिबार १६:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त सिभिल बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेर नेप्सेले बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । त्यस्तै, बैंकको शेयरमूल्य २१५ रुपैयाँ निर्धारण गरिएको छ । बुक क्लोजअघि उक्त कम्पनीको शेयर मूल्य २३२ रुपैयाँ रहेको थियो ।
बैंकले सो लाभांश प्रस्ताव पारित गर्न आगामी फागुन ९ गते केन्द्रिय कार्यालयमा दशौँ वार्षिक साधारण सभाको लागि आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*