एलआईसी नेपालको साधारणसभा फागुन २५ गते, साढे १० प्रतिशत लाभांश पारित हुने

२५ माघ २०७७, आईतवार ११:५९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको साधारणसभाको मिति गत शुक्रबार सार्वजनिक गरेको छ । कम्पनीको १८ औं बार्षिक साधारणसभा आगामी फागुन २५ गतेका लागि आह्वान गरिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा आर्जित मुनाफाबाट वितरण गर्ने गरी कूल चुक्ता पुँजिको १०.५२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र बाँकी कर प्रयोजनको लागि) प्रस्ताव गरेको छ ।

उक्त लाभांश सम्बन्धी प्रस्ताव आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउने छन् । भारतीय जीवन बीमा कम्पनी एलआईसी नेपाल मुख्य प्रबद्र्धक रहेको कम्पनीले हालसम्म बुक क्लोजको मिति भने तय गरिसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*