नेपाल लाईफ इन्स्योरेन्सको सिईओमा प्रसाई नियुक्त, बीमा समितिबाट स्वीकृत हुन बाँकी

२८ माघ २०७७, बुधबार २०:०६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको २० औं बार्षिक साधारणसभाकै दिन निमित्त कार्यकारी प्रमुख प्रसाईलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीमा यसअघिका सिईओ विवेक झाको दुई वर्षे कार्यकाल सकिएपछि प्रसाई नयाँ सिईओमा नियुक्त भएका हुन् । कम्पनीले बीमा समितिबाट अनुमति नलिई साधारणसभाबाट सिईओ नियुक्त गर्ने प्रयास गरेको छ ।

यसअघि बीमा समितिमा रहेर काम गरिसकेका प्रसाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा काम गरेका अनुभवी हुन् । यद्यपि उनको सिईओ नियुक्ती सम्बन्धी प्रक्रिया भने पूरा भइसकेको छैन । बीमा समितिबाट स्वीकृत भएपछि मात्रै शपथग्रहण गरी पदभार ग्रहण गर्नेछन् ।

यसैबीच, केही बीमितहरुले नव नियुक्त सिईओ सन्तोष प्रसाई नैतिक रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ बन्न अयोग्य रहेको भन्दै बीमा समितिमा उजुरी गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । एक जना बीमितले उनी बीमा समितिमा कार्यरत रहँदा नेपाल लाईफलाई कैयौं पत्र कारवाही गर्ने चेतावनीसहितको पत्राचार गरेकोले नैतिकताको आधारमा अििहले उनलाई सिईओ पद लिन नहुने भन्दै बीमितहरुले बीमा समितिमा उजुरी दिने तयारी गरिरहेको जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*