पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२९ माघ २०७७, बिहीबार १६:५८

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । त्यस्तै खाना पकाउने ग्याँसको मूल्य समेत बृद्धि गरिएको छ । कोरोना महामारीले थलिएका जनतालाई महंगीका भार थोपिएको हो ।

सरकार नियन्त्रित नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो । पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य आजदेखि प्रतिलिटर २ रुपैयाँका दरले बढाएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

काठमाडौं लगायतका अन्य शहरहरमा अब पेट्रोलको मूल्य ११२ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, ग्यासको मूल्य पनि बढेर प्रति सिलिन्डर एक हजार चार सय रुपैयाँ पुगेको छ । मूल्यबृद्धि पछि पनि आयल निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेकोे जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*