नेपाल लाईफको जीवन बीमा कोषमा एक खर्ब बचत, दोस्रो त्रैमासिक वित्तीय विवरणमा कोर्यो यस्तो चित्र

३० माघ २०७७, शुक्रबार १३:०३

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी देशकै सबैभन्दा ठूलो जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो । अन्य थुप्रै कम्पनीहरु मिल्दा समेत नेपाल लाईफलाई भेट्टाउन मुश्लिक पर्ने वित्तीय विवरण आज सार्वजनिक गरेको छ ।

आज प्रकाशित कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा एक खर्ब एक अर्ब २८ करोड ६५ लाख ४३ हजार ४१८ रुपैयाँ जम्मा गर्न सफल भएको छ । कम्पनीले जगेडा कोषमा एक अर्ब पाँच करोड ३४ लाख ५७ हजार ८५३ रुपैयाँ जम्मा गरेको छ भने महाविपत्ती कोषमा ५९ करोड ८९ लाख ५४ हजार ७४७ रुपैयाँ जम्मा गर्न सफल भएको छ । उल्लेखित तीन वटै कोष समेतको गणना गर्दा नेपाल लाईफको कूल एक खर्ब दुई अर्ब ९३ करोड ८९ लाख ५६ हजार १८ रुपैयाँको कोष तयार पार्न सफल भएको छ । नेपाली इतिहासमा एउटै कम्पनीको जीवन बीमाा कोषको आकार एक खर्व पुगेको यो पहिलो पटक हो ।

वित्तीय विवरण अनुसार कम्पनीले गत पुस मसान्त सम्ममा कूल बीमा शुल्क १७ अर्ब ४० करोड ६९ लाख ७२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । त्यस्तै कम्पनीले हालसम्ममा एक खर्ब ३६ अर्ब ७२ करोड ९० लाख ८१ हजार रुपैयाँ हालसम्मको कूल बीमा शुल्क आर्जन गरेको वित्तीय विवरणमार्फत जनाएको छ । पुस मसान्तसम्ममा कम्पनीले खुद बीमा शुल्क बापत १७ अर्ब आठ करोड ७६ लाख ८३ हजार ४७६ रुपैयाँ संकलन गर्न सफल भएको छ । कोभिडको महामारीका बीचमा कम्पनीले उल्लेख्य प्रगति गर्दै खुद बीमा शुल्क आर्जन, मुनाफा, जीवन बीमा कोषको आकार उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले छ महिनाको अवधीमा ५ अर्ब ५६ करोड ७५ लाख ४६ हजाार ९८६ रुपैयाँ दावीी भुक्तानी गरेको छ । कम्पनीले छ महिनामा ४८ करोड छ लाख ८५ हजार ६०० रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । त्यस्तै, कम्पनीले एक अर्ब करोड आठ लाख ७७ हजार ९५९ रुपैयाँ अभिकर्ता कमिशन बापत खर्च गरेको छ ।

त्यस्तै, चालु आवको छ महिनाको अधवी सम्ममा १३ लाख ३५ हजार ४६७ वटा बीमा पोलिसी कायम रहेको जनाएको छ । नेपाल लाईफको वित्तीय विरण अनुसार कम्पनीको एक अर्ब २९ करोड ४० लाख ५० हजार रुपैयाँ दावी भुक्तानी दिन बाँकी छ ।

कूल सात अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ रुपैयाँ चुक्ता पुँजि रहेको नेपाल लाईफ इन्स्योरेन्सको मुनाफा ४२ करोड ९७ लाख ८९ हजार ५९८ रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधीमा कम्पनीको मुनाफा २२ अर्ब ९० लाख दुई हजार ५८९ रुपैयाँ रहेकोमा कोभिड महामारीका बीचमा पनि कम्पनीको मुनाफा उल्लेख्य रुपमा बृद्धि भएको पाइएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११.९४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२२.९५ रुपैयाँ, पिई अनुपात २०४.०४ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १५९७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*