तीन वर्षमा बीमाको पहुँच ८.७% ले बृद्धि गर्न सफल भयौंः प्रधानमन्त्री ओली

३ फाल्गुन २०७७, सोमबार १२:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गठन भएको तीन वर्षमा बीमा क्षेत्रमा उल्लेखनीय उपलब्धी भएको बताएका छन् । आज सिंहदरवारमाम आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा तीन वर्षमा बीमाको पहुँच ८.७ प्रतिशितले बृद्धि हुन सफल भएको बताएका छन् ।

देशको आर्थिक अवस्था मजबुद रहेको उल्लेख गर्दै अर्थतन्त्रको मुख्य पिल्लर मध्ये बीमा क्षेत्रमा उल्लेख्य प्रगति भएको दावी गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘यस अवधीमा नेपालको बीमा व्यवसाय ८.७ प्रतिशतले बृद्धि भई २२ प्रतिशतभन्दा माथि पुगेको छ ।’ प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमाम आर्थिक सम्बृद्धि तीव्र गतिमा अघि बढिरहेको दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा २२ तल्ले धरहरा निर्माणको काम २१ औँं तल्लाको ढलान गर्ने काम भइरहेको बताए । त्यस्तै, सिंहदरवारको प्रबलीकरण कार्य अन्तिम चरणमा पुगेको, बसन्तपुर दरबार, दरवार हाई स्कुल, रानीपोखरीको निर्माण कार्य सम्पन्न भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले पहिलो वर्ष आधार वर्षको रुपमा काम गरेको, दोस्रो वर्षमा आर्थिक समृद्धिको सुरुवातका कार्य गरेको बताए । प्रधानमन्त्री ओलीले मुलुक अब आर्थिक समृद्धिको दिशामा अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा स्वास्थ्य बीमा प्रभावकारी रुपमा देशव्यापी रुपमाा सञ्चालन भइरहेको बताएका छन् । उनले हाल देशका ६५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको बताए । साथै उनले ६३६ स्थानीय तहमा स्वास्थ्य बीमा पुगिसकेको बताए । प्रधानमन्त्री ओलीले विकास श्रृंखलाको तथ्याङ्क प्रस्तुत गर्दै तीन वर्ष पहिलो १२ लाख ४० हजार जना मात्रैको स्वास्थ्य बीमा गरिएकोमा अहिले त्यो संख्या बढेर २५ लाख १० हजार पुगेको दावी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*