राष्ट्रिय बीमा संस्थानमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राख्न सम्झौता

४ फाल्गुन २०७७, मंगलवार १२:०७

काठमाडौं । देशकै पुरानो नेपाल बैंकले रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थानमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले विभिन्न संस्था तथा देशभरको विभिन्न क्षेत्रमा आफ्नो शाखा वा एक्सेन्टस काउन्टर संचालन गर्ने क्रममा राष्ट्रिय बीमा संस्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको छ ।

नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच एक्स्टेन्सन काउन्टर संचालन गर्ने विषयमा गत बिहिबार सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र संस्थानकातर्फबाट प्रमुख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका छन् ।

उक्त संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्नका लागि एक्स्टेन्सन काउन्टर संचालन भएको बैंकले जनाएको छ । साथै संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा उपलब्ध समेत गराउने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*